लिङ्कन कलेज बन्यो ‘इन्टर कलेज व्याण्ड च्याम्पियन’

पाेखरा | असोज १४, २०८०

लिङ्कन कलेज बन्यो ‘इन्टर कलेज व्याण्ड च्याम्पियन’

पोखरा:  प्रथम इन्टर कलेज व्याण्ड कम्पिटिसनको उपाधि पोखरा लिङ्कन कलेजले जितेको छ । 

 

पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको उपाधि पोखरा लिंकन कलेजको ‘द लिङ्कन व्याण्ड’ले जितेको हो । 

 

फाईनल राउण्डमा गरेको उत्कृष्ट प्रस्तुतीका आधारमा सो व्याण्डले फाईनल राउण्डको १० प्रतिष्पर्धीलाई पछि पार्दै नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो  ।

 

प्रतियोगितामा ईन्फोमेटिक्स कलेजको ‘द ईन्टरभल्स व्याण्ड दोश्रोहुँदै नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने ग्लोवल कलेजिटको ‘उत्वेग व्याण्ड’ले तेश्रोहुँदै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो ।

 

त्यस्तै, उत्कृष्ट भोकलमा पोखरा लिङ्कन कलेजका रोमित गुरुङ, लिड गिटारमा कालिका माविका अनमोल थापा,, रिदम गिटारमा ईन्फोमेटिक्स कलेजका सन्दीप आले मगर, बेस गिटारमा ग्लोवल कलेजियटका अनुपम रिजाल र ड्रमरमा पोखरा लिङ्कन कलेजका विनोद सुनार उत्कृष्ट घोषित भए । विधागततर्फका उत्कृष्ट घोषित भएकाहरुले नगद ५/५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

 

विजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उप–कुलपति गोरे गुरुङ, पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई), निवर्तमान अध्यक्ष सुनिल थापा, संस्थापक अध्यक्ष श्यामसुङ गुरुङ, सल्लाहकारहरु तीर्थ तामाङ र शेरबहादुर गुरुङ, संघका उपाध्यक्ष टोपबहादुर खत्री, सचिव भाष्करध्वज श्रेष्ठ, सहसचिव बिनोद बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।

 

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संगीत देशको पहिचान र सभ्यतासँग जोडिने भन्दै यसको संरक्षण र विकासमा महानगरले सघाउने बताए ।

 

उनले साठीको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको त्यो विरासत फर्काउनुपर्ने र त्यसका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्